नेपाल पुलिसलाई हराउँदै मनाङले उचाल्यो दमक गोल्डकपको उपाधि

फुटबल समाचार

झापा, चैत १८ : मनाङ मर्स्याङ्दी क्लबले दोस्रो संस्करणको दमक गोल्डकप फुटबलको उपाधि जितेको छ । शुक्रबार भएको फाइनल खेलमा साविकको विजेता नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हराउँदै मनाङ च्याम्पियन बनेको हो ।

प्रस्तावित मदन भण्डारी रंगशालामा मनाङलाई उपाधि दिलाउन आफिज ओलावाले र शिशिर लेखीले एक–एक गोल गरे । मनाङ पहिलो संस्करणमा उप–विजेता बनेको थियो । उपाधिसँगै मनाङले १३ लाख ११ हजार नगद प्राप्त गरेको छ ।

उपविजेता बनेको पुलिसले ६ लाख ११ हजार पाएको छ । धनगढीमा आयोजना भएको खप्तड गोल्डकपको उपाधि जितेको मनाङको लागि यो मोफसलको दोस्रो उपाधि हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0