लेस्टरसँग बराबरीमा रोकियो म्यानचेस्टर

फुटबल

काठमाडौं । प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा युनाइटेडले लेस्टर सिटीसँग १–१ गोलको बराबरी खेलेको हो । युनाइटेडको घरेलु मैदानमा भएको खेलमा लेस्टरले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफ गोल रहित बराबरी खेलेका दुबै टोलीले दोस्रो हाफमा गोल गरे ।

खेलको ६३औं मिनेटमा लेस्टरका लागि केलेचि इहेन्चोले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । तर, उक्त अग्रता लामो समय टिक्न सकेन । फ्रेडले युनाइटेडका लागि ६६औं मिनेटमा गोल गर्दै टिमलाई हारबाट जोगाए ।

बराबरीसँगै युनाइटेडले शीर्ष पाँचमा उक्लने मौका गुमाएको छ । लिगमा ३० खेल खेलेको युनाइटेड ५१ अंक सहित तालिकाको छैटौं स्थानमा छ । यता २८ खेल खेलेको लेस्टर ३७ अंक जोडेर तालिकाको नवौं स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0