पेस बलर कमलसिंह ऐरीको सफल शल्यक्रिया, ६ साता मैदान बाहिर

क्रिकेट

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर कमल सिंह ऐरीको शल्यक्रिया सम्पन्न भएको छ । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा घाइते भएका कमलको बायाँ हातको शल्यक्रिया आज बिहान नेपाल राष्ट्रिय अस्पतालमा भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

शल्यक्रिया डा. निरज केसी र डा. निराजन सुवेदीले ‘ओपन रिडक्सन लक्ड प्लेटिङ’ विधिको प्रयोग गरेको क्यानले जनाएको छ । यस्ता शल्यक्रियापश्चात् हड्डीलाई रिकभर हुन करिब ६ हप्ता लाग्ने बताइएको छ । फिजियो टोली र प्रशिक्षकले डाक्टरसँग परामर्श लिँदै कमललाई विशेष रेखदेखमा राखेका छन् ।

हिजो भएको खेलमा फिल्डिङका क्रममा कमलको बाँया हातमा समस्या देखिएको थियो । खेलको १७ ओभरमा ऐनोल हफिजको शट बचाउ गर्ने क्रममा घाइते भएका कमललाई तुरुन्तै अस्पताल लगिएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0