मेस्सी र रोनाल्डोलाई पछि पार्दै कोनोर म्याकग्रेगर बने सर्वाधिक कमाउने खेलाडी

समाचार

एजेन्सी । आयरल्याण्डका मिक्स मार्सल आर्टका यूएफसी फाइटर कोनोर म्याकग्रेगर पछिल्लो १२ महिनामा सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको धेरै कमाउने १० खेलाडीको सूचीमा म्याकग्रेगरले बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई पछि पार्दै सर्वाधिक धेरै धन आर्जन गर्ने खेलाडी बन्न सफल भएका हुन् ।

फोर्ब्सका अनुसार पछिल्लो बाह्र महिनाको अवधिमा म्याकग्रेगरले कुल १८० मिलियन डलर (१२८ मिलियन पाउण्ड स्टर्लिङ) कमाएका छन् । उनले कुल आम्दानीमध्ये १५.६ मिलियन पाउण्ड स्टर्लिङ डस्टिङ पोइरियरसँगको भिडन्तबाट र बाँकी आफ्नो ह्विस्की ब्राण्ड लगायतका सम्पत्ति बेचेर कमाएका हुन् ।

दोस्रो स्थानका मेस्सीको कमाई १ सय ३० मिलियन अमेरिकी डलर रहेको छ । युभेन्ट्सका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो १ सय २० मिलियन कमाई गर्दै तेस्रो स्थानमा रहेका छन् । अमेरिकाका एनएफएल क्वाटरब्याक डाक प्रेसकोट १०७.५ मिलियन डलरसहित चौथो स्थानमा छन् । पाँचौ स्थानमा अमेरिकी बास्केटबल खेलाडी लिब्रोन जेम्स रहेका छन् ।

सर्वाधिक कमाउने १० खेलाडी

१. कोनर म्याकग्रेगर : १८ करोड अमेरिकी डलर
२. लियोनल मेस्सी : १३ करोड अमेरिकी डलर
३. क्रिस्टियानो रोनाल्डो : १२ करोड अमेरिकी डलर
४. डाक प्रेस्कट : १० करोड ७५ लाख अमेरिकी डलर
५. लेब्रोन जेम्स : नौ करोड ६५ लाख अमेरिकी डलर
६. नेयमार : नौ करोड ५० लाख
७. रोजर फेडेरर : नौ करोड
८. लुइस ह्यमिल्टन : आठ करोड बीस लाख
९. टम ब्राडी : सात करोड ६० लाख
१०. केभिन डुरान्ट : सात करोड ५० लाख

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged