सिरी ‘ए’ : एसी मिलानले अग्रता बढाउने अवसर गुमायाे

फुटबल

काठमाडौं । बोलोग्नासँग गोलरहित बराबरीमा रोकिएसँगै एसी मिलानले इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा अग्रता बढाउने अवसर गुमाएको छ । अन्तर्राष्ट्रिय विश्राम अघि लगातार तीन खेलमा १-० को जित हात पार्दै शीर्ष स्थानमा तीन अंकको अग्रता लिएको मिलानले सोमबार भने जित यात्रालाई निरन्तरता दिन सकेन ।

लिगमा सात चरणका खेल बाँकी रहँदा दोस्रो स्थानको नेपोली र तेस्रो स्थानको इन्टर मिलान शीर्ष स्थानको एसी मिलानभन्दा मात्र एक अंकले पछि छन् । मिलानसँगको अंक दूरी कम गर्ने क्रममा आइतबार नेपोलीले एट्लान्टालाई ३-१ ले पराजित गरेको थियो भने इन्टरले युभेन्टसलाई १-० ले हराएको थियो ।

१६ औं मिनेटमा राफेल लियोले गोलको अवसर पाए पनि त्यसको सदुपयोग गर्न नसक्दा मिलान निराश बनेको थियो । मिलानको ३१ खेलबाट ६७ अंक रहेको छ भने दोस्रो र तेस्रो स्थानको नेपोलीको समान ६७ अंक छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0