नेपालको टि–२० र एकदिवसीय वरीयता यथावत

समाचार

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज सार्वजनिक गरेको नयाँ एकदिवसीय वरीयतामा नेपाल १६ औं स्थानमा यथावत रहेको छ । एकदिवसीयमा नेपाल भन्दा तल नामिबिया, युएई, अमेरिका र पपुवा न्युगिनी रहेका छन् । एकदिवसीय वरीयतामा नेपालभन्दा माथि स्कटल्यान्ड १५औं स्थान र ओमान १४औं स्थानमा छन्।

एकदिवसीय वरीयतामा १६ औं स्थानमा रहेको नेपाल टी-ट्वान्टी वरीयता १३ औं स्थानमा रहेको छ । टि–२० बरियतामा नेपालभन्दा माथि टेस्ट राष्ट्र राष्ट्र मात्र छन् । नेपालले टि–२० राष्ट्रमा सबै एसोसिएट राष्ट्रलाई उछिनेको छ ।

टी-२० वरीयतामा नेपालभन्दा तल १४औं स्थानमा स्कटल्यान्ड र १५औं स्थानमा युएई छन्। नेपालभन्दा माथि रहेका आयरल्यान्ड १२औं र जिम्बावे ११औं स्थानमा छन्।

घरेलु मैदानमा भएको विश्व क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजपछि नेपालले एकदिवसीय क्रिकेट खेलेको छैन । सार्वजनिक वरीयताको शीर्ष स्थानमा न्युजिल्याण्ड, दोस्रोमा अष्ट्रेलिया र तेस्रोमा भारत, चौंथोमा इंग्ल्यान्ड र पाँचौं स्थानमा दक्षिण अफ्रिका रहेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0