बायर्न म्युनिखमाथि भिल्लारियलको रोमाञ्चक जित

फुटबल

काठमाडौं : युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा भिल्लारियलविरुद्ध बायर्न म्युनिख १–० गोल अन्तरले पराजित गरेको छ ।

गएराति भएको खेलमा स्पेनिस क्लब भिल्लारियलको लागि अर्नाउट डान्जुमाले गोल गरे । उनले खेलको आठौं मिनेटमा डानी परेजोको पास सदुपयोग गरे ।

जर्मन बुन्डेस लिगा लिडर बायर्न भने सन् २०१७ यता पहिलो पटक अवे खेलमा हार बेहोर्न बाध्य भयो । खेलमा बायर्नका प्रभावशाली फरवार्ड रोबर्टो लेवान्डोस्की चल्न नसक्दा बायर्न गोलविहिन रह्यो ।

लेवान्डोस्कीले यस सिजन क्लब र देशका लागि ५१ गोल गरिसकेका छन् । अब दोस्रो लेगमा बायर्नले घरेलु मैदानमा १३ अप्रिलमा भिल्लारियललाई आतिथ्य गर्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0