ग्रानाडालाई हराउँदै सेभिया दोस्रो स्थानमा

फुटबल

काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा सेभियाले ग्रानडालाई ४-२ गोल अन्तरले हराएको छ । शुक्रबार राति भएको खेलमा सेभियाले ग्रानडामाथि सहज जित निकालेको हो ।

खेलको २३ औं मिनेटमा डार्विन माचिस र ८८ औं मिनेटमा भिक्टर डियाज मिगुएलले ग्रानडाका लागि गोल गरेका थिए । सेभियाका लागि ३२ औं मिनेटमा डिएगो कार्लोस, ६६ औं मिनेटमा लुकास ओकम्प्सले गोल गरे।

खेलको इन्जुरी समयको तेस्रो मिनेटमा राफा मिरले र नवौं मिनेटमा पापु गोमेजले गोल गरेका थिए । यस जितसँगै ३१ खेलमा ६० अंक जोडेको सेभिया दोस्रो स्थानमा रहेको छ ।ग्रानडा २९ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0