रामोसलाई बाहिर राख्दै युरोकप खेल्ने स्पेनिस टोलीकाे घोषणा

समाचार

काठमाडौं । नियमित कप्तान सर्जियो रामोसलाई बाहिर राख्दै स्पेनले यूरो कप फुटबल खेल्ने २४ सदस्यीय टिमको घोषणा गरेको छ । प्रशिक्षक लुइस एनरिकले स्पेनका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान बनाएका रामोसलाई चोटका कारण समावेश गरेका गरेका । रामोसले गत जनवरीमा घुँडाको सल्यक्रिया गरेका थिए ।

रियलका डिफेन्डर रामोससँगै यो पटक रियल मेड्रिडका एक जना खेलाडी पनि टोलीमा छैनन् । स्पेनको टोलीमा चार जना गोल रक्षक, रक्षपत्तिंमा आठ जना, मध्य पंक्तिमा ६ जना तथा अग्र पंक्तिमा सात जना रहेका छन् । युरोकप फुटबल अन्तर्गत स्पेनको रहेको समूह ‘ई’ मा स्लोभाकिया, स्विडेन र पोल्याण्ड छन् ।

स्पेनिस टिम :

गोलकिपर- डेभिड डी गा, रोबेर्ट सान्चेज, उनै सिमोन ।
डिफेन्डर- अमेरिक लापोर्ट, जोस गाया, जोर्डी अल्बा, पाउ टोरेज, एरिक ग्रासिया, डिएगो लियोरेन्ट, सिजार आजपिलीक्वेटा ।
मिडफिल्डर- मार्कोस लिओरेन्टे, सर्जियो बासक्वेट, रोड्री, पेड्री, थिआगो, कोके, फाबियान ।
फरवार्ड- डानी ओल्मो, मिकेल ओयारजाबाल, जेरार्ड मोरेनो, अल्भारो मोराटा, फेरान टोरेज, अडमा ट्राओरे, पाब्लो सर्बिया ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged