तलब भुक्तानीको विषयमा म्याचेस्टर सिटीमाथि अनुसन्धान गर्दै प्रिमियर लिग

समाचार

इंग्लिस प्रिमियर लिगले म्यानचेस्टर सिटीमाथि अनुसन्धान गरिरहेको खुलासा भएको छ । जर्मन न्युज पेपर डेर स्पेगेलले सिटीमाथि प्रिमियर लिगले तीन वर्षदेखि अनुसन्धान गरिरहेको जनाएको हो । प्रिमियर लिगमा युवा खेलाडीमाथि अवैध भुक्तानी, प्रायोजन सम्झौता र पूर्व प्रशिक्षकहरूमाथिको लुकाइएको तलब भुक्तानीको विषयमा अनुसन्धान गरिरहेको बताइएको छ ।

युरोपियन इन्भेस्टिगेटिभ कोलाबोरेसन जोर्नालिजम नेटवर्कसँगको सहकार्यमा न्युज पेपरले उक्त समाचार बाहिर ल्याएको बीबीसीले जनाएको छ । बिबीसी स्पोर्ट्सले सम्पर्क गर्दा सिटीले यस विषयमा कुनै जवाफ नदिएको बताएको छ ।

यसअघि सन् २०२० मा युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफले सन् २०१२ देखि २०१६ सम्मको अवधिमा फाइनान्सियल फेयर प्लेसम्बन्धी नियमको गम्भीर उल्लङ्घन गरेको भन्दै सिटीमाथि २ वर्षको प्रतिवन्ध लगाएको थियो । तर, सिटीको अपिलपछि ‘कोर्ट अफ अर्बिट्रेसन फर स्पोर्ट्स’(कास)ले त्यसलाई खारेज गरेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0