आर्मीलाई हराउँदै सगरमाथाले जित्यो इटहरी गोल्डकपको उपाधि

फुटबल

काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै सगरमाथा युथ क्लब विराट चोकले १२औं संस्करणको इटहरी गोल्डकपको उपाधि जितेको छ । उपाधिसँगै सगरमाथाले नगद ७ लाख प्राप्त गर्यो । त्यस्तै उपविजेता आर्मीले ३ लाख ५० हजार प्राप्त गरेको छ ।

शनिबार भएको फाइनलमा आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले हराउँदै सगरमाथा च्याम्पियन बनेको हो । इटहरी रंगशालामा भएको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा सगरमाथाका अशोक खवास, आशिष लामा, शत्यम शर्मा र मिलन राईले गोल गरे । गोलकिपर प्रिसो गोल गर्न चुके । आर्मीका टेकबहादुर बुढाथोकी, विकास खवास र विवेक बस्नेतले गोल गरे । गौतम श्रेष्ठ र सन्तोष तामाङ पेनाल्टी प्रहार गर्न चुके ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0