अब्दुल्लाह अलमुताइरी भन्छन् : ‘नेपाललाई एसियन कपमा छनोट गराउने वाचा गर्न सक्दिन’

समाचार

काठमाडौं : राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई एसियन कपमा छनोट हुने वाचा गर्न नसक्ने बताएका छन् । फेसबुकमार्फत अब्दुल्लाहले अर्को वर्ष चीनमा हुने एसियन कपमा पुर्याउने वाचा गर्न नसक्ने बताएका हुन् ।

‘हामी एसियन कपमा छनोट हुन्छौं भनेर वाचा गर्न त सक्दिन । तर, म वाचा गर्छु हाम्रो हिरोहरूले गर्व गर्न लायक प्रदर्शन गर्नेछन्,’ उनले भनेका छन्, ‘हाम्रा लक्ष्यहरू सपना र आशाभन्दा ठूला छन् । हाम्रो लक्ष्य नेपाललाई एसियन फुटबल म्यापमा लैजाने हो । त्यसका लागि समय र धैर्य चाहिन्छ ।’ छनोटअघि तीनदेखि चार मैत्रीपूर्ण खेलका लागि प्रयास भइरहेको उनले बताए ।

नेपालले एसियन कप छनोटको तेस्रो चरणमा जोर्डन, कुवेत र इन्डोनेसियाको सामना गर्दैछ । त्यसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले छनोटको तयारीका लागि बन्द प्रशिक्षणका लागि खेलाडीको सूचीसमेत सार्वजनिक गरिसकेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1