चेल्सीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

फुटबल

काठमाडौं । साविक विजेता चेल्सीलाई हराउँदै रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । स्पेनको राजधानी मड्रिडमा मंगलबार राति भएको क्वाटरफाइनल दोस्रो लेगको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो ।

निर्धारित समयको खेल सकिँदा चेल्सी ३–१ ले विजयी भएपछि समग्रमा खेल ४–४ गोलको बराबरीमा पुग्यो । यसपछि थपिएको अतिरिक्त समयमा रियलका करिम बेन्जमाले निर्णायक गोल गरे । जितसँगै रियाल मड्रिडले सेमिफाइनलको यात्रा तय गर्दा चेल्सीको यात्रा भने टुंगिएको छ ।

मंगलबार राति भएको अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिखलाई स्तब्ध बनाउँदै स्पेनको भियारियाल पनि सेमिफाइनलमा पुगेको छ । बायर्न म्युनिखको मैदानमा भएको दोस्रो लेगको खेल १–१ गोलको बराबरीमा सकिएपछि पहिलो लेगमा हात पारेको १–० को जितको मद्दतले भियारियाल समग्रमा २–१ को परिणाम निकाल्दै सेमिफाइनलमा पुगेको हो ।

युएफा च्याम्पियन्स लिगमा आज बुधबार राति एथ्लेटिको मड्रिड र म्यान्चेस्टर सिटी तथा लिभरपुल र बेन्फिका भिड्नेछन् । पहिलो लेगको खेलमा म्यानचेस्टर सिटीले १–० को तथा लिभरपुलले ३–१ को अग्रता लिएका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0