दीपेन्द्रसिंह ऐरीको ऐतिहासिक छलाङ, टि-२० वरीयताको शीर्ष १० मा पर्न सफल

क्रिकेट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी टी–२० अलराउन्डर खेलाडीको वरीयताको शीर्ष १० मा पर्न सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बुधबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार दीपेन्द्र अलराउन्डर वरीयताको १०औं स्थानमा छन् ।

घरेलु मैदानमा सम्पन्न त्रिदेशीय श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र सोही आधारमा वरीयताको शीर्ष १० भित्र अटाएका हुन् ।दीपेन्द्रको यो वरीयता नेपाली क्रिकेटरले आईसीसीको वरीयतामा हासिल गरेको सबैभन्दा उच्च स्थान हो ।

यसअघि यो उपलब्धि नेपाली टोलीका पूर्व कप्तान पारस खड्काको नाममा थियो । पारसले टी–ट्वान्टी अलराउन्डर वरीयताको २५औं स्थान हासिल गरेका थिए । यस्तै, टी–ट्वान्टी बलिङ वरीयतामा नेपाली टोलीका कप्तान सन्दीप लामिछाने एक स्थान खस्किएका छन् । पछिल्लो हप्ता ३७औं स्थानमा रहेका सन्दीप ३८ औं स्थानमा पुगेका हुन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0