त्रिकोणात्मक शिरिज जित्ने नेपाली खेलाडीलाई सरकारले जनही २ लाख दिने

क्रिकेट

काठमाडौं । सरकारले त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखला विजेता नेपाली टिमका खेलाडीहरू पुरस्कृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा भएको नेपाल, पपुवा न्युगिनी र मलेसियाबीचको श्रृखंलाको उपाधि विजेता नेपाली खेलाडीहरू नगद राशीले पुरस्कृत गर्ने निर्णय गरेको हो ।

सरकारले राष्ट्रिय टिमका खेलाडीहरूलाई जनही २ लाख रुपैयाँ प्रदान गर्ने निर्णय अनुसार श्रृंखला खेलेका १६ खेलाडीले २–२ लाख नगद पुरस्कार पाउनेछन् भने मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नगद १ लाख ५० हजार तथा अन्य अफिसियलले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

युवा तथा खेलकुद मन्त्रालयले यसअघि समेत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा उपाधि हासिल गरेका तथा उप बिजेता हुन सफल भएका खेलाडीहरुलाई नगद राशीले पुरस्कृत गरिसकेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0