कबीर सिंहको लुकमा भारतिय कप्तान बिराट कोहली

क्रिकेट

काठमाडौं : पहिले टेष्ट च्याम्पियनसिपको फाइनल खेल्न इंग्ल्याण्ड जानु अगाडि भारतीय क्रिकेट टिमका खेलाडीहरु मुम्बईको एक होटलमा १४ दिने क्वारेन्टाइनमा बसिरहेका छन् । क्वारेन्टाइनमा रहेका कप्तान बिराट कोहलीको नयाँ लुक्स सामाजिक संजालमा भाइरल भइरहेको छ।

अहिलेसम्म कोहली केवल छोटो कपाल र दाह्रीमा देखिएका थिए। तर अहिले भने उनि लामो कपाल र दाह्री सहित नयाँ लुकमा देखिएका छन् । उनको यो लुक फिल्म कबीर सिंहमा शाहिद कपूरसँग मिल्दोजुल्दो छ। यद्यपि धेरै प्रशंसकहरु कोहलीको यो लुक वेब शिरिज मनी हिस्टमा प्रोफेसर बनेका अल्भारो मोर्टेले मिलेको पनि बताक्षा छन् ।

ट्वीटरदेखि इन्स्टाग्राममा निकै भाईरल भएको कोहलीको यो लुकलाई धेरैले मन पराईरहेका छन् । कप्तान विराट कोहली क्रिकेटसँगै ब्राण्ड वैल्यू र फेशनका लागि पनि परिचित छन्।

मुम्बईमा क्वारेन्टाइन अवधि समाप्त भएपछि भारतीय क्रिकेट टिम आगामी जुन महिनाको २ तारिखमा इंग्ल्याण्ड प्रस्थान गर्ने तालिका छ । इंग्ल्याण्डमा भारतीय टिमले न्यूजिल्याण्डसँग पहिले टेष्ट च्याम्पियनसिपको फाइनल खेल्नेछ ।

त्यो भन्दा अगाडी भारतीय टिमले १२ दिनको प्रशिक्षणको समय समेत पाउने । यसअघि इंग्ल्याण्ड क्रिकेट टिमले भारतीय टिमलाई बेलायत पुगेपछि अनिवार्य १० दिनको क्वारेन्टिनको समय विताउनुपर्ने बताएको थियो । भारतले इंग्ल्याण्डसँग पाँच टेष्टको सिरिज खेल्नेछ । जसमा पहिलो टेष्ट चार अगष्टबाट आठ अगष्टसम्म हुनेछ भने दोस्रो टेष्ट १२ देखि १६, तेस्रो २९ देखि २९ अगष्टसम्म हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged