आईपिएलमा मुम्बई इन्डियन्सले जित्नै बिर्सियो, लगातार पाँचौ हार

आईपिएल क्रिकेट

काठमाडौं । इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले लगातार पाँचौं हार ब्यहोरेको छ । बुधबार भएको खेलमा मुम्बई पन्जाब किङ्ससँग १२ रनले पराजित भएको हो । महाराष्ट्रमा भएको खेलमा पन्जाबले दिएको १९९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १८६ रन बनायो ।

मुम्बईका लागि डेवाल्ड ब्रेविसले सर्वाधिक ४९ रनको योगदान गरे । त्यस्तै सुर्यकुमार यादवले ४३ रन बनाउँदा तिलक वर्माले ३६ रनको योगदान गरे । बलिङतर्फ पन्जाबका लागि ओडिन स्मिथले सर्वाधिक चार विकेट लिए । त्यस्तै कगिसो रवाडाले दुई विकेट लिए । पन्जाबका भिवाव अरोराले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले शिखर धावन र मयकं अग्रवालको अर्ध शतकको सहयोगमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९८ रन बनायो । पन्जाबका लागि ५० बल खेलेका धावनले ५ चौका र ३ छक्काको सहयोगमा ७० रन बनाए । त्यस्तै ३२ बल खेलेका कप्तान अग्रवालले ६ चौका र २ छक्का प्रहार गरे ।

बलिङतर्फ मुम्बईका लागि बसिल थाम्पीले दुई विकेट लिए । त्यस्तै जयदेव उन्डाकट, जस्प्रीत भुम्राह र मुर्गान आश्विनले एक–एक विकेट लिए ।जितसँगै पन्जाबले ५ खेलबाट ६ अंक जोडेको छ । पन्जाब तालिकाको तेस्रो स्थानमा छ । पराजित मुम्बई ५ खेलबाट अंक जोड्न नसकेर तालिकाको पुछारमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0