बार्सिलोनाका युवा स्टार पेड्री अनिश्चितकालका लागि मैदान बाहिर

समाचार

काठमाडौं । स्पेनिस युवा स्टार पेड्री अनिश्चितकालका लागि मैदान बाहिर रहने भएका छन् । स्पेनिस क्लब बार्सिलोनाका युवा मिडफिल्डर पेड्री अनिश्चितकालका लागि मैदान बाहिर रहेने बार्सिलोनाले जनाएको छ ।

पेड्री ह्यामस्ट्रिङ चोटको कारण अनिश्चितकालका लागि मैदानबाट बाहिर रहने भएका हुन् । १९ वर्षीय मिडफिल्डरले युरोपा लिग अन्तर्गत फ्रान्कफुर्टविरुद्धको खेलमा चोट बोकेका थिए ।

पेड्री मैदान बाहिर रहने कुरा उनको रिकभरीले निर्धारण गर्ने बार्सिलोनाले जनाएको छ । पछिल्लो समय पेड्री बार्सिलोनाका महत्वपूर्ण खेलाडी हुन् । उनले यो सिजन ला लिगाका १२ खेलमा ३ गोल गरेका छन् । त्यस्तै युरोपा लिगका ६ खेलमा १ गोल गरेका छन् ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0