नेपाली फुटबल प्रशिक्षक अल्मुताइरीले पत्रकारको सातो लिए

समाचार

काठमाडौं । राष्ट्रिय टोलीको खेल वा प्रशिक्षणमा प्रशिक्षक सर्वेसर्वा हुन् । प्रशिक्षकको निर्देशनमा खेलाडीको खेल्ने शैली बन्छ । तर, फुटबलका प्रशिक्षक अबदुल्लाह अल्मुताइरी खेल वा प्रशिक्षणमा मात्र होइन अन्य विषयमा पनि हावी हुने गरेका छन् । शनिबार खेलाडीसँगको पत्रकार सम्मेलनमा पनि उनै बढी सक्रिए भए । त्यति मात्र होइन पत्रकार सम्मेलन अघि नै उनले सञ्चारकर्मीलाई खेलाडीसँग एन्फा निर्वाचन, एनएसएल र क्लबका प्रशिक्षकका बारेमा नसोध्न भने । जुन उनको दायराभन्दा बाहिर थियो ।

दुई चरणमा पत्रकार सम्मेलनमा खेलाडी उपस्थित गराएका अल्मुताइरी एउटा सत्रका लागि १० मिनेट दिएका थिए । पहिलो सत्रमा अधिकांश प्रश्नको जवाफ खेलाडी सुजल श्रेष्ठले दिएपछि बाँकी ३ खेलाडीलाई सोध्न नपाउँदै अलमुताइरीले समय सकिएको भन्दै खेलाडीलाई बाहिर पठाए । उनको त्यो प्रस्तुतिले उपस्थित पत्रकार रनभुल्ल बने ।

सबै पेशाका आ–आफ्नो दायित्व र मर्यादा हुन्छन् । सार्वजनिक चासोको विषयमा प्रश्न गर्ने अधिकार पत्रकारसँग रहन्छ । यद्यपि आचारसंहिताको ख्याल उनीहरूले पनि गर्नुपर्छ नै । तर, पत्रकार सम्मेलन सुरु हुनुअघि नै निश्चित विषयमा प्रश्न गर्न रोक लगाउने वा नगर्न भन्ने घटना कमै सुनिन्छन् । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले शनिबार एएफसी एसियन कप तयारीमा रहेका खेलाडीसँग अन्तर्वार्ताअघि पत्रकारलाई यो सोध्नु र नसोध्नु भन्दै सिकाउँदा उनको हावी नेपाली सञ्चारमाध्यममा पनि छर्लङ्ग भएको हो ।

पत्रकार सम्मेलनअघि नै उनले सञ्चारकर्मीलाई खेलाडीसँग एन्फा निर्वाचन, एनएसएल र क्लबका प्रशिक्षकका बारेमा नसोध्न भनेका थिए । जब कि पत्रकार सम्मेलन नेपाल डेढ महिनापछि हुने एएफसी एसियन कप छनोट खेलको तयारीको विषयमा रहेको थियो । पहिलो दिन नेपाली टोली आसन्न एएफसी एसियन कपमा छनोट हुन सक्दैन भन्दै अभिव्यक्ति दिएका उनले दोस्रो दिन खेलाडीसँगको अन्र्तवार्ता अघि अर्को अपाच्य ब्यवहार देखाएका हुन् ।

१० मिनेट तोकिए पनि एउटै खेलाडीलाई धेरै प्रश्न सोधिकएको भन्दै बीचबाट खेलाडीलाई फोरमाबाट उठाउँदा अलमुताइरीलको अहंमता नांगिएको हो । सँगै फोरममा उपस्थित भएका खेलाडी प्रशिक्षकको हाउभाउ देखेर आफै आश्चर्यमा पनि परेका थिए । खेलाडीका लागि समयको पावन्दी लगाएका अलमुताइरीले यसअघि अघिल्लो दिन आफ्नो पत्रकार सम्मेलनमा भने समयसीमा थिएन । आधा घण्टा भन्दा बढी समय पत्रकार सम्मेलनमा बिताएका अल्मुताइरीले आफ्नो दायरा भन्दा बाहिर गएर फुटबलको सर्वोच्च निकाय एन्फाको कार्यशैलीमाथि पनि प्रश्न उठाएका थिए ।

अल्मुताइरी कहिले अनुशासन त कहिले अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीसँग झमेलामा फस्ने गरेका छन् । पटक–पटक विभिन्न कारणले विवादमा पर्दै आएका उनले सञ्चारमाध्यमका टिका–टिप्पणीलाई खरो रूपमा आलोचना गर्दै आएका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
5
+1
1
+1
3
+1
1
+1
2
+1
0