ब्राइटनसँग टोटनहम घरेलु मैदानमा स्तब्ध

फुटबल

काठमाडौं । लियोनार्दो ट्रोसार्डले अन्तिम समयमा गरेको गोलमा ब्राइटनले शनिबार राति इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमलाई १–० ले पराजित गरेको छ ।

हारसँगै टोटनहमले चौथो स्थान बलियो बनाउने मौका गुमाएको छ । टोटनहमको ३२ खेलबाट ५७ अंक छ । त्यो पाँचौँ स्थानको आर्सनलभन्दा तीन अंकले माथि हो । यद्यपि, आर्सनलले टोटनहमभन्दा दुई खेल कम खेलेको छ । ब्राइटन भने ३२ खेलबाट ४० अंक जोड्दै दशौँ स्थानमा छ ।

लन्डनस्थित टोटनहमको मैदानमा ट्रोसार्डले ९०औँ मिनेटमा गोल गरेका थिए । त्यही गोल ब्राइटनको जितमा निर्णायक बन्यो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0