मुम्बई इन्डियन्सले बनायो हारको शर्मनाक रेकर्ड, लगातार छैटौँ हार

आईपिएल क्रिकेट

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार छैटौं हार व्यहोर्यको छ । शनिबार भएको खेलमा मुम्बई लखनउ सुपर जाइन्ट्ससँग १८ रनले पराजित भएको हो । मुम्बईमा लखनउनले जितका लागि दिएको २०० रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १८१ बनायो ।

मुम्बईका लागि सुर्यकुमार यादवले सर्वाधिक २७ रनको योगदान गरे । त्यस्तै डेवाल्ड ब्रेभिसले ३१ रन बनाउँदा तिलक बर्माले २६ रनको योगदान गरे । बलिङतर्फ लखनउका लागि आभेस खानले सर्वाधिक तीन विकेट लिए । त्यस्तै जेसन होल्डर, दुश्मन्थ चमिरा, रवी विश्नोइ र मार्कुस स्टोइनिसले एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लखनउले कप्तान केएल राहुलको शतकमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९९ रन बनायो । लखनउका लागि ६० बल खेलेका केएलले ९ चौका र ५ छक्काको सहयोगमा १०३ रनको शतकीय पारी खेले ।

त्यस्तै मनिश पाण्डेले ३८ रन बनाउँदा क्विन्टन डीकोकले २४ रन जोडे । बलिङतर्फ मुम्बईका लागि जयदेव उन्डाकटले दुई विकेट लिए । त्यस्तै मुर्गान अश्विन र फावियन एलेनले समान एक–एक विकेट लिए । जितसँगै लखनउले ६ खेलमा ८ अंक जोडेको छ । लखनउ तालिकाको दोस्रो स्थानमा छ । पराजित मुम्बई ६ खेलमा जित विहिन हुँदै पुछारमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0