मैत्रीपूर्ण खेलका लागि आज इराक जाँदै नेपाली टोली

फुटबल

काठमाडौं, ११ जेठ । आउँदो शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली टिम आज इराक प्रस्थान गर्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार २३ खेलाडीसहित ३५ सदस्सीय नेपाली टोली राति १० बजे कतार एअरलाइन्सको चार्टर्ड जहाजमार्फत दोहा हुँदै टोली इराक जान लागेको हो ।

इराक जाने सबै नेपाली टोलीको कोरोना रिपोर्ट समेत नेगेटिभ आएको छ । नेपालले आगामी जेठ १५ मा सन् २००७ को एएफसी एसियन कप च्याम्पियन इराकसँग मैत्रीपूर्ण खेल खेल्दैछ। खेल इराकको बश्रा रंगशालामा हुनेछ।

मैत्रीपूर्ण र विश्वकप छनोटका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका थिए । नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की रहेका छन् । यस्तै डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास छन् ।

मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल वल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान छनोट भएका छन् । फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहेका छन् ।

नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ। छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ। कुवेतमा हुने छनोटको बाँकी खेलअन्तर्गत नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ। यसअघि ५ खेल खेल्दा नेपालले एक खेल मात्र जितेको थियो।

नेपाली टिम

गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की ।
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास ।
मिडफिल्डर : विशाल राई, मनीष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरजजिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान ।
फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged