क्रिष्टल प्यालेसलाई हराउँदै चेल्सी एफ.ए कप फुटबलको फाइनलमा

फुटबल

काठमाडौं । क्रिष्टल प्यालेसलाई हराउँदै चेल्सी एफ.ए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । वेम्बले रंगशालामा आइतबार राति भएको सेमिफाइनल खेलमा चेल्सीलाई विजयी गराउन रुबेन लोफ्टस चिक र मेसन माउन्टले एक एक गोल गरेका थिए ।

जितसँगै चेल्सी लगातार तेस्रो पटक एफ.ए कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएकाे थियो । रुसी मालिक रोमन अब्रामोभिच बेलायत सरकारबाट प्रतिबन्धनमा परेसँगै व्यवस्थापकिय संकटको सामना गरिरहेको चेल्सीले मैदानभित्रको प्रदर्शनमा भने आफूलाई अब्बल साबित गरिरहेको छ ।

चेल्सीले अब उपाधिका लागि लिभरपुलसँग खेल्नेछ। प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा म्यान्चेस्टर सिटीलाई हराउँदै लिभरपुल फाइनलमा पुगेको हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0