मेसिको कमाल ! पीएसजी लिग वान फुटबलको उपाधि नजिक

फुटबल

काठमाडौं । मार्सेलीमाथि रोमाञ्चक जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक पुगेको छ । आइतबार राति दोस्रो स्थानको मार्सेलीलाई २–१ गोल अन्तरले हराएसँगै पीएसजीलाई अब एक खेलमा जित आवश्यक छ ।

जितसँगै पीएसजीले लिगमा १५ अंकको अग्रता बनाएको छ । पीएसजीले ३२ खेलमा ७४ अंक जोडेको छ । दोस्रो स्थानको मार्सेलीले ५९ अंक जोडेको छ । अब एक खेल जितेमा पीएसजीले उपाधि जित्नेछ । गत सिजन पनि पीएसजीले नै उपाधि जितेको थियो । घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन नेयमार र केलियन एमबाप्पेले एक–एक गोल गरे ।

खेलको १२ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।​ मार्सेलीका लागि खेलको ३१ औं मिनेटमा डुजे कालेटा कारले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा एमबाप्पेले पेनाल्टीबाट गोल गर्दै पीएसजीलाई २–१ को जित दिलाए ।​

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
5
+1
2
+1
11
+1
4
+1
10
+1
4