खेल हारेपछि ‘उपद्रो’ मच्चाएका नयाँबस्ती क्लबलाई तीन लाख जरिवाना

समाचार

काठमाडौं : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ‘बी’ डिभिजनमा रहेको नयाँ बस्ती युवा क्लबलाई तीन लाख रुपैयाँ जरिबाना गरेको छ । सातदोबाटोमा रहेकाे एन्फा मुख्यालयमा एन्फा लिग कमिटीको बैठकले ‘बी’ डिभिजन लिग खेलमा अनुशासनहीन काम गरेको भन्दै नयाँ बस्तीलाई जरिबाना गरिएको हो ।

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत गएकाे चैत २६ गते भएको खेलमा नयाँ बस्ती युवा क्लब मध्यपुर युथ एसाेसिएशनसँग तीन–एक गोल अन्तरले पराजित भएपछि क्लबले अभद्र व्यवहार गरेका कारण एन्फाले कारबाही गरेको हो ।

त्यतिबेला मध्यपुरसँग पराजित भएपछि क्लबका पदाधिकारीले प्लेयर बक्स तोडफोड गरेका थिए । याे जरिबानासँगै एन्फाले क्लबका अफिसियल, व्यवस्थापक र खेलाडीलाई पनि प्रतिबन्ध लगाएको छ । अफिसियल श्रीबहादुर योगीलाई दुई वर्षसम्म एन्फाले गर्ने कुनै पनि फुटबल गतिविधिमा भाग लिन नपाउने गरी निलम्बन गरेको छ । एन्फाले क्लबका व्यवस्थापक विकास राईलाई ६ महिना तथा खेलाडी मनोज राईलाई एक वर्षको प्रतिबन्ध लगाएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0