म्यानचेस्टर युनाइटेडमाथि सानदार जित निकाल्दै लिभरपुल शीर्षस्थानमा

फुटबल

काठमाडौं । म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति आफ्नै मैदान एन्फील्डमा भएको खेलमा लिभरपुलले म्यान्चेस्टर युनाइटेडलाई ४–० ले हराएको हो । लिभरपुलको जितमा मोहमद सलाहले दुई गोल गर्दा सादियो माने र लुइस डियाजले एक एक गोल थपे ।

खेलको पाँचौं मिनेटमा डियाजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । २२ औं मिनेटमा सलाहले गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए । ६८ औं मिनेटमा मानेले गोल गर्दै टोलीलाई अग्रता ३–० को दिलाए । त्यसपछि ८५ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४–० को जित दिलाए ।

जितसँगै लिभरपुलले ३२ खेलबाट ७६ अंक जोड्दै तालिकाको शिर्ष स्थानमा म्यानचेस्टर सिटीलाई उछिनेको छ । एक खेल कम खेलेको सिटीको ७४ अंक छ । सिटीले आज बुधबार राति ब्राइटनसँग खेल्नेछ । यस्तै बुधबार राति नै हुने अन्य खेलहरुमा चेल्सी र आर्सनल, एभर्टन र लेष्टर सिटी तथा न्युकासल युनाइटेड र क्रिष्टल प्यालेस भिड्नेछन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0