युरो कप खेल्ने जर्मनीको टोली घोषणा, थोमस मुलर र हुमल्सको पुनरागमन

फुटबल युरो कप

काठमाडौं । युरोकप फुटबलका लागि २६ सदस्यीय जर्मनी टिमको घोषणा भएको छ । बुधबार जर्मनीका प्रशिक्षक जोचिम लले मिडफिल्डर थोमस मुलर र डिफेन्डर म्याट हुमल्सलाई समेट्दै युरो कप खेल्ने टोलीको घोषणा गरेका हुन् ।

टोलीमा बायर्न म्युनिखका फरवार्ड मुलर २०१८ पछि पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् । २०१० देखि जर्मनीको राष्ट्रिय टोलीमा रहेका मुलरले १०० क्याप जित्दा ३८ गोल गरेका छन् । टोलीमा लेरियो साने, टिमो वेर्नर, लियोन गोरेट्ज्का, सर्जी ग्नाब्री, इम्रे क्यान, म्यानुअल नुयरलगायत परेका छन् ।

बार्सिलोनाका गोलरक्षक मार्क आन्द्रे टर–स्टेगन भने जर्मनीको टोलीमा परेका छैनन् । उनी घुँडाको चोटका कारण टोलीमा नपरेका हुन् ।आगामी ११ जुनबाट शुरु हुने युरोकप युरोपका विभिन्न ११ शहरमा ११ जुनसम्म हुनेछ । जर्मनी पनि सहआयोजक देश हो । समूह एचमा रहेको जर्मनीले फ्रान्स, पोर्चुगल र हंगरीसँग खेल्नुपर्नेछ ।

जर्मनीको टोली

गोलकिपर्स: म्यानुएल नोएर, बर्न्ड लेनो, केभिन ट्रयाप
डिफेन्डर्स: रोबिन कोच, एन्टोनियो रुडिगर, मार्सेल हल्सटेन्बर्ग, लुकार क्लोस्टरम्यान, क्रिस्टियन गन्टर, म्याट्स हुमल्स, रोबिन गोसेन्स, म्याथियाज गिन्टरख निक्लस स्युल
मिडफिल्डर्स: जोसुवा किमिच, लियोन योरेट्ज्का, काई हाभर्ट्ज, थोमस मुलर, टोनी क्रुस, जमल मुसियाला, एम्रे च्यान, जोनस होफम्यान, फ्लोरियान नेउहाउस, इल्काइ गुन्डोगान, लिरोइ साने
अट्याकर्स: केभिन भोलान्ड, टिमो वेर्नर, सर्ज गिनाब्री

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged