एन्जर्सविरुद्ध पीएसजीको सहज जित, सर्जियो रामोसले पनि गरे गोल

फुटबल

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई ३–० गोल अन्तरले हराएको हो ।​

पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पे, सर्जियो रामोस र मार्कविन्होसले एक–एक गोल गरे । खेलको २८ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा रामोसले गोल गर्दै टोलीको अग्रता २–० को बनाए । ७७ औं मिनेटमा वार्कविन्होसले गोल गर्दै पीएसजीलाई ३–० को जित दिलाए । जितसँगै पीएसजीले पीएसजीले ३३ खेलमा ७७ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ ।

पीएसजीलाई उपाधि जित्न एक जितको आवश्यक छ । दोस्रो स्थानको मार्सेलीले नान्टेसलाई हराएपछि पीएसजीले उपाधिका एक खेल अझै पर्खनु पर्ने भएको हो । पराजित एन्जर्स ३४ अंक जोडेर तालिकाको १४ औं स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0