ब्राइटनलाई हराउँदै म्यानचेस्टर सिटी पुनः शीर्षस्थानमा फर्कियो

फुटबल

काठमाडौं । ब्राइटनलाई हराउँदै म्यान्चेस्टर सिटी इंग्लीश प्रिमियर लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा फर्किएको छ । बुधबार राति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटी ३–० ले विजयी भएकाे छ ।

ब्राइटन विरुद्धको खेलमा सिटीलाई विजयी गराउन रियाद माहारेज, फिल फोडेन र बर्नार्डो सिल्भाले एक एक गोल गरेका थिए ।

जितसँगै म्यान्चेस्टर सिटीले अंक तालिकामा शीर्ष स्थानको लिभरपुललाई प्रतिस्थापन गरेको छ । लिगमा ३२ खेलबाट म्यान्चेस्टर सिटीको ७७ अंक छ भने लिभरपुलको ७६ अंक छ ।

तेस्रो स्थानको चेल्सीले ३१ खेलबाट ६२ अंक जोडेको छ । बुधबार राति भएको खेलमा चेल्सीलाई आर्सनलले ४–२ ले हराएकाे थियाे ।

त्यस्तै, न्युकासल युनाइटेडले क्रिष्टल प्यालेसलाई १–० ले पराजित गर्दा एभर्टन र लेष्टर सिटीले १–१ गोलको बराबरी खेलेका छन् ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0