चेल्सीमाथि आर्सनलको ४-२ गोलको शानदार जित

फुटबल

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले चेल्सीमाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले चेल्सीलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा एडी एन्केटिहले दुई गोल गरेका थिए भने एमिल स्मिथ रोव र बुकाया साकाले एक एक गोल गरेका थिए । त्यस्तै चेल्सीका लागि टिमो वेर्नर र सेजार अजपिलीक्वेटाले एक एक गोल गरेका थिए ।

यो जितपछि आर्सनलको ३२ खेलमा ५७ अंक भएको छ र लिगमा पाँचौ स्थानमा रहेको छ । त्यस्तै चेल्सीको भने ३१ खेलमा ६२ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0