रियल सोसिडाडलाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लियो, अबुमियाङको निर्णायक गोल

फुटबल

काठमाडौं, वैशाख ९ : क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाले घरेलु टोली रियल सोसिडाडलाई १–० ले हराउँदै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो। रियाले एरिना डोनोसटिया सान सेवास्टिएनमा बिहीबार राति बार्सिलोनालाई जिताउन पिएरे इमरिक औवामियाङले निर्णायक गोल गरे।

औवामियाङले ११ औं मिनेटमा गोल गर्दै टोलीलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन्। खेलको सुरुवातमै पछि परेको घरेलु टोली रियल सोसिडाडले बल पोसेसन राख्दै बार्सिलोनालाई दवाव बढाए पनि गोल गर्न नसक्दा हार व्यहोर्नुपर्‍यो।

यो जितसँगै दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३२ खेलबाट ६३ अंक पुगेको छ। एक खेल कम खेलेको बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडभन्दा १५ अंकले पछि छ। समान ६३ अंक नै रहे पनि सेभिया गोलअन्तरमा तेस्रो स्थानमा रहेको छ। पाँचौ स्थानमा उक्लने मौका गुमाएको सोसिडाड ५५ अंक जोडेर छैठौं स्थानमा यथावत छ।

ला लिगाकै अर्को खेलमा सेभियाले लेभान्टेलाई ३–२ ले पराजित गर्दै शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ। यो जितसँगै सेभिया ३३ खेलबाट ६३ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0