भ्यालेन्सियालाई पराजित गर्दै कोपा डेल रे को उपाधि बेटिसले जित्यो

फुटबल

काठमाडौं । भ्यालेन्सियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै रियल बेटिसले स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै बेटिसले उपाधि जितेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समय समेत १–१ को बराबरी भएपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको हो । निर्धारित खेलको ११ औं मिनेटमा बोर्जाले गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए । तर, ३० औं मिनेटमा ह्युगो डुरोले गोल गर्दै भ्यालेन्सियालाई १–१ गोलको बराबरीमा फर्काएका थिए ।

पेनाल्टीमा भ्यालेन्सियाका युनुस मुसाले गोल गर्न सकेनन् । बेटिसले तेस्रो पटक कोपा डेल रे को उपाधि जितेको हो । सन् २००५ यता रियल बेटिसले पहिलो उपाधि जितेको हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0