एक गोलले पछि परेको स्थिति उल्टाउदै युभेन्ट्सको जित

फुटबल

काठमाडौं । एक गोलले पछि परेको स्थिति उल्टाउदै युभेन्ट्सले इटालियन सिरी ए मा पुनरागमन जित निकालेको छ । सोमबार राति भएको खेलमा युभेन्ट्सले सासुओलोलाई २(१ अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगमा स्थान बनाउन बलियो सम्भावना बनाएको हो ।

खेलको ३८ औँ मिनेटमा जिआकोमो रास्पाडोरीले गोल गर्दै घरेलु टोली आसुओलोलाई अग्रता दिलाए । तर, अर्जेन्टिनी स्टार पाउलो डेबलाले ४५औं मिनेटमा गोल गर्दै खेल १(१ को बराबरीमा ल्याए ।

खेल सकिन दुई मिनेट बाँकी रहदा मोइसे केइनले गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गरे । जितसँगै युभेन्ट्सले ३४ खेलबाट ६६ अंक बनाएर चौथो स्थानमा रहेको छ । सासुओलो ४६ अंकसहित दशौ स्थानमा छ ।​सिरीको शीर्ष स्थानमा एसी मिलान रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0