इटालियन फुटबल टोलीका कप्तान चिलिनीको अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्‍यास लिने घोषणा

समाचार

काठमाडौं । इटालियन राष्ट्रिय फुटबल टोलीका कप्तान तथा डिफेन्डर जर्जियो चिलिनीले आफ्नो अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्‍यास लिने घोषणा गरेका छन् ।

३७ वर्षीय चिलिनीले आगामी जुनमा वेम्बली स्टेडियममा हुने इटाली र अर्जेन्टिनाबीचको मैत्रीपूर्ण खेल नै आफ्नो अन्तर्राष्ट्रिय करिअरको अन्तिम हुने बताएका हुन् ।

‘वेम्बलीको खेलपछि राष्ट्रिय टोलीबाट विश्राम लिनेछु,’ चिलिनीले भनेका छन् । उनको कप्तानीमा इटालीले युरो २०२० को उपाधि जितेको थियो । तर, टोली कतार विश्वकपमा भने छनोट हुन सकेन ।

चिलिनीले इटालीका लागि ११६ खेल खेल्दा आठ गोल गरेका छन् । उनले २००४ मा फिनल्याण्डविरुद्धको खेलबाट सिनियर टोलीका लागि डेब्यु गरेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0