त्रिकोणात्मक शिरिजमा नेपालको पहिलो भेट ओमानसँग, कहिले र कहाँ ?

क्रिकेट

काठमाडौं । नेपालले जुन दोस्रो सातादेखि अमेरिकामा सुरु हुने आईसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पहिलो खेल ओमानसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको हो । नेपालले पहिलो खेल वैशाख जेठ २६ मा ओमानसँग खेल्दै सुरुवात गर्नेछ ।

लिग–२ मा ओमान ३२ खेल खेल्दै १९ मा जित र ११ मा हारका साथ शीर्षस्थानमा छ । अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हार सहित १४ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल १२ खेलमा ६ मा जित र ६ मा हार सहित छैटौं स्थानमा छ ।

नेपालको यो विश्वकप लिग २ मा चौथो त्रिकोणात्मक सिरिज हो । ७ टोली सहभागी विश्वकप लिग–२ मा शीर्ष तीन टोलीले आगामी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न पाउने छन् । बाँकी चार टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ ।

अमेरिकामा जेठ २६ गते ओमानसँग खेल्ने नेपाल २८ गते अमेरिकाविरुद्ध खेल्नेछ । त्यस्तै जेठ ३१ मा ओमानसँग खेल्दा त्रिकोणात्मक सिरिजको अन्तिम खेल असार १ गते अमेरिकाविरुद्ध खेल्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0