फुटबल टिममा खेलाडीको राजनिती ! सार्वजनिक रुपमै प्रशिक्षकको विपक्षमा उभिए फुटबलका कप्तान

समाचार

काठमाडौं । नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारप्रति नेपाली फुटबल टोलीका कप्तानले सार्वजनिक रुपमा असन्तुष्टि पोखेका छन् । कप्तान किरण चेम्जोङले राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति सार्वजनिक रुपमा असन्तुष्टि जनाएका हुन् ।

राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु गलत भएको उनको भनाइ छ । सामाजिक सञ्जालमार्फत उनले आफू खेलाडीको पक्षमा रहेको स्पष्ट गरेका छन् ।

‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ । राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सहि होइन’, उनले भने,‘ टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु ।’

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका केही खेलाडी विवादकै कारण अनुपस्थित भएका थिए । अल्मुताइरीसँगको खटपटपछि रोहित चन्दसहित केही खेलाडी बन्द प्रशिक्षणमै अनुपस्थित भएका हुन् । होस्टलमा खेलाडी राखेको विषयमा विवाद भएको प्रशिक्षणमा अनुपस्थित एक खेलाडीको भनाइ छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
2
+1
1
+1
11
+1
1
+1
1
+1
4