१० खेलाडीले क्याप छोडेपछि प्रशिक्षकले बोलाए नयाँ १४ खेलाडी

समाचार

काठमाडाैं : नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १४ नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दलाई दुर्व्यवहार गरेको भन्दै विशाल राई, अनन्त तामाङ, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुजल श्रेष्ठ र विमल घर्तीमगरलगायतका एक दर्जन खेलाडीले आफूविरुद्ध ‘विद्रोह’ गरेपछि मुख्य प्रशिक्षक अल्मुताइरीले नयाँ खेलाडीलाई बोलाएका हुन्।

‘खेलाडीले बिना जानकारी होटल छाडेपछि भिडियो हेरेर विभागीय टोलीसहितका १४ नयाँ खेलाडीलाई प्रशिक्षकले बन्द प्रशिक्षणमा बोलाउनु भएको छ,’ अखिल नेपाल फुटबल संघ (एन्फा)का एक पदाधिकारीले भने,‘उहाँलाई नतिजासँग भन्दा पनि टिमसँग मतलब हो। सिनियर खेलाडी बाहिरिएर केही असर गर्दैन।’

कुवेतमा हुने एसियन कप–२०२३ को छनोटका लागि नेपाली टोलीले वैशाख २ गतेबाट प्रशिक्षण सुरु गरेको थियो। प्रशिक्षण सुरु गरेकै दिन मुख्य प्रशिक्षक अल्मुताइरीले आफ्नो टिम चीनमा हुने एसियन कपका लागि छनोट हुन नसक्ने बताउँदै आएका थिए। छनोटको तयारीका लागि नेपाली टोलीले जेठ ११ र १५ गते कतारमा मैत्रीपूर्ण खेल खेल्ने तालिका थियो।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0