खेलाडी स्थानमा अलमुताईरीले ल्याए नयाँ अनुसाशित खेलाडी

फुटबल

काठमाडौं । दश जना सिनियर खेलाडीले राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण छाडेपछि नयाँ खेलाडीलाई समेटिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले अभ्यासका लागि बोलाइएका नयाँ खेलाडीको नाम औपचारिक रूपमा सार्वजनिक गर्न चाहेको छैन। मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको निर्देशनपछि नयाँ खेलाडीको नाम सार्वजनिक गर्ने बताइएको छ।

यद्यपी तस्बिरमा देखिएअनुसार यसअघि राष्ट्रिय टिमबाट खेलिसकेका सन्जोक राई, जर्जप्रिन्स कार्कीसहित बी डिभिजन खेलेका केही खेलाडी पनि बन्द प्रशिक्षणमा समेटिएका छन्। यसअघि प्रशिक्षक अलमुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रोहित चन्द, विशाल श्रेष्ठ, विशाल राई, दिनेश राजवंशी, सुमन लामा, तेज तामाङ, अनन्त तामाङ, अन्जन विष्ट र सुजल श्रेष्ठले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेका थिए।

हाल माल्दिभ्समा रहेका कप्तान किरणकुमार लिम्बूले पनि प्रशिक्षकको व्यवहारप्रति असन्तुष्टि जनाउँदै खेलाडीलाई समर्थन गर्ने बताएका थिए। प्रशिक्षण अलमुताइरीसँग होस्टलको सुविधाको विषयमा कुरा गर्दा सुरूमा रोहित चन्दलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाड्दै घर जान भनिएको थियो। त्यसपछि सबै खेलाडीको प्रतिनिधित्व गर्दै रोहितले बोलेको भन्दै खेलाडीहरूले अलमुताइरीसँग कुरा गरेका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
8
+1
4
+1
28
+1
2
+1
5
+1
5