जिम्बावे ए विरुद्ध हुने एकदिवशीय शृंखलाका लागि नेपाली टोलीको घोषणा, को–को परे ?

क्रिकेट

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बावेसँगको एकदिवसीय क्रिकेट सिरिजका लागि १६ खेलाडी छनोट गरेको छ । शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तीन एकदिवसीय क्रिकेट खेलका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।

टीममा कप्तान लामिछानेसँगै आशिफ शेख, देव खनाल, दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, विक्रम सोब, किशोर महतो, सुनिल धमला, सुसन भारी र आदिल अन्सारी छन् ।

नेपालले जिम्बावेसँग शनिबार, सोमबार र बुधबार एकदिवसीय तथा शुक्रबार, शनिबार र सोमबार टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ । खेलका लागि जिम्बावे ‘ए’ टोली नेपाल आइसकेको छ । टीममा जिम्बावेको राष्ट्रिय टोलीबाट खेल्ने ६ जना खेलाडी रहेका छन् ।

नेपाली टिम : सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम शोव, किशोर महतो, सुनील धमला, सुसनी भारी, आदिल अन्सारी

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0