भारतिय कप्तान बिराट कोहलीको भन्दा आर्चर र रुटको तलब धेरै

क्रिकेट

काठमाडौं । भारति कप्तान विराट कोहली विश्वको सबैभन्दा धेरै आर्जन गर्ने क्रिकेट खेलाडी हुन् भन्ने कुरामा कुनै संका छैन। फोर्ब्सको १०० सर्वाधिक कमाई गर्ने बिश्वकै १०० खेलाडीको सुचिमा समेत कोहलीको नाम छ । तर क्रिकेटबाट हुने कमाईको मामलामा भने केहि अन्य क्रिकेटरले कोहलीलाई समेत पछि पारेका छन् ।

विराट भन्दा रूटको तलब धेरै

बीसीसीआईले हालसालै आफ्नो वार्षिक सम्झौताको सूची जारी गर्‍यो। जसमा क्याप्टेन कोहलीको नाम ‘ए’ प्लस ग्रेडमा थियो। यसै आधारमा विराटले वार्षिक ११ करोड २० लाख रूपैयाँ पाउने छन् । कोहली सर्वाधिक कमाउने खेलाडी हुन् तर क्रिकेटमा सबैभन्दा बढी तलब पाउने सुचिमा भने कोहली इङ्ल्याण्डका कप्तान जो रुट भन्दा पछाडि छन् ।

इङ्ल्याण्डका खेलाडीहरूले बढी पैसा पाउँछन्

अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै तलब हुने खेलाडीहरुको लिस्टमा बिराट कोहली भन्दा अगाडि इङ्ल्याण्डका कप्तान जो रुट तथा फास्ट बलर जोफ्रा आर्चर रहेका छन् । ईसीबीको २०२०/२११ सम्झौताका अनुसार रुट र आर्चरले विराटभन्दा बढी तलब पाउँछन्। इङ्लिस मिडियाका अनुसार ईसीबी ‘ए’ ग्रेडमा हुने खेलाडीले बार्षिक १२ करोड प्राप्त गर्छन् । जोफ्रा आर्चर र कप्तान रूट ईसीबीको ग्रेड ‘ए’ करारमा पर्छन्।

रोहित र बुमराहले ११ करोड २० लाख पाउनेछन्

विराट कोहलीसँगै रोहित शर्मा र जसप्रीत बुमराह पनि बीसीसीआईको ‘ए’ प्लस ग्रेड सम्झौतामा छन् । र उनीहरूले पनि बार्षिक ११ करोड २० लाख पाउँछन्। यस बाहेक, बीसीसीआईले ग्रेड ‘ए’मा आउने खेलाडीहरुलाई वार्षिक ८ करोड तथा ग्रेड ‘बी’मा पर्ने खेलाडीलाई करिब ५ करोड तलब प्रदान गर्दछ ।

ए प्लस श्रेणी : विराट कोहली, रोहित शर्मा र जसप्रित बुमराह

ए श्रेणी : रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, चैतेश्वर पुजारा, आजिख्य रहाने, शिखर धवन, केएल राहुल, मोहमद शामी, इशान्त शर्मा, ऋषव पन्त, हार्दिक पाण्डेय

बि श्रेणी : रिद्दिमान शाह, उमेश यादव, भुवनेश्वर कुमार, श्रदुल ठाकुर र मयंक अग्रवाल

श्रेणी सी : कुलदीप यादव, नवदीप सैनी, दीपक चहर, शुभमन गील, हनुमा विहारी, अक्षर पटेल, श्रेयस अय्यर, युजवेन्द्र चहल, वाशिंटन सुन्तर र मोहमद सिराज

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *