अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा रोकियो पिएसजी

फुटबल

काठमाडौं । खेलको अन्तिम समयमा सम्हालिन नसक्दा फ्रेन्च लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेन (पिएसजी) बराबरीमा रोकिएको छ । पिएसजीले घरेलु टोली स्टार्सवर्गसँग शनिबार बिहान ३–३ गोलको बराबरी खेलेको हो। घरेलु टोलीका लागि केभिन गेमेइरो र एन्थोनी काचीले गोल गर्दा एक गोल उपहार पाएको थियो। पिएसजीका लागि एमबाप्पेले दुई तथा अचरफ हाकिमीले एक गोल गरे पनि जिताउन सकेनन्।

स्टार्सवर्गमा शुक्रबार राति खेलको दोस्रो मिनेटमै केभिन गेमेइरोको गोल गर्दै घरेलु टोलीलाई सुरूआती अग्रता दिलाएका थिए। तर २३औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए। खेलको ६४औं मिनेटमा एम्बाप्पेको पासमा अचरफ हाकिमीले गोल गर्दै पिएसजीलाई २–१ को अग्रता दिलाए। त्यसको चार मिनेटपछि एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि पिएसजी ३-१ ले अघि बढ्यो।

तर खेलको ७५औं मिनेटमा मार्को भेराट्टीले आत्मघाती गोल उपहार दिए पछि घरेलु टोली खेलमा फर्कियो। इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल खान पुगेपछि पिएसजी जितबाट वञ्चित बन्यो। इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एन्थोनी काचीले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा रोके। यो बराबरीसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३५ खेलबाट ७९ अंक पुगेको छ। समान खेलबाट स्टार्सवर्ग ५७ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
2
+1
0