चार खेल अगावै रियलले जित्यो ‘ला लिगा’को उपाधि

‘ए’ डिभिजन लिग फुटबल

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । शनिबार भएको खेलमा स्पानियोललाई ४–० गोल अन्तरले हराउँदै रियल चार खेल अगावै लिग च्याम्पियन भएको हो । घरेलु मैदानमा रियललाई जित दिलाउन रोर्डिगोले दुई गोल गरे । त्यस्तै मार्काे एसेन्सीयो र करिम बोन्जिमाले एक–एक गोल गरे ।

खेलको ३३ औं मिनेटमा रोर्डिगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा रोर्डिगोले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई गोल गरेको रियलले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । ५५ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई ३–० गोलको अग्रता दिलाए ।

बोन्जिमाले ८१ औं मिनेटमा गोल गर्दै रियललाई सहज जितसँगै उपाधि जिताए । रियलले लिगमा ३४ खेलबाट ६४ अंक जोड्दै ४ खेल अगावै लिगको उपाधि जित्यो । समान खेल खेलेको सेभिया ६४ अंक जोडेर दोस्रो स्थानमा छ । पराजित स्पानियोल ३९ अंक जोडेर १३ औं स्थानमा छ । रियलले ३५ औं पटक ला लिगा फुटबलको उपाधि जितेको हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
2
+1
0