मेम्फिस र बुस्केटको गोलमा मालोर्कामाथि बार्सिलोनाको जित

फुटबल

काठमाडौं : स्पेनिस ला लिगाअन्तर्गत गएरातिको खेलमा बार्सिलोनाले जित निकालेको छ। घरेलु टोली बार्सिलोनाले मालोर्काविरुद्ध २–१ को जित निकालेको हो। बार्सिलोनाको जितमा मेम्फिस डिपाए र सर्जियो बुस्केट्सले एक÷एक गोल गरे। मालोर्काका लागि एन्टोनियो राइलोले एक गोल फर्काए।

खेलको २५औं मिनेटमा डिपाएको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो। ५४ औं मिनेटमा बुस्केट्सले घरेलु टोलीको अग्रता दोब्बर बनाए। खेलको ७९ औं मिनेटमा राइलोले गोल गर्दै मालोर्कालाई खेलमा फर्काउने प्रयास गरेका थिए।

यो जितसँगै बार्सिलोनाले ३४ खेलमा ६६ अंक जोडेर लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पराजित मालोर्का समान खेलबाट ३२ अंकका साथ १६ औं स्थानमा छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0