वेस्ट हमलाई हराउँदै आर्सनल प्रिमियर लिग फुटबलको चौथो स्थानमा

फुटबल

काठमाडौं : आर्सनलले महत्वपूर्ण खेलमा वेस्ट हमलाई २–१ गोलअन्तरले हराउँदै प्रिमियर लिग फुटबलको चौथो स्थानमा उक्लेको छ । आइतबार राति वेस्ट हमको घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन खेलको ३८ औं मिनेटमा रोब होल्डीङले गोल गर्दै अग्रता दिलाएका थिए ।

वेस्ट हमका लागि ४५ औं मिनेटमा जारोड बोवेनले बराबरी गोल फर्काए । त्यसपछि खेलको ५४ औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई २–१ को जित दिलाए । जितसँगै आर्सनलले ३४ खेलमा ६३ अंक जोडेर चौथो स्थानमा उक्लेको छ । जो जितले आर्सनललाई च्याम्पियन्स लिग खेल्नका लागि सहयोग गर्नेछ । पराजित वेस्ट ह्याम ५२ अंक जोडेर सातौं स्थानमा छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0