सन्दीपले ट्रीनबागो नाइट राइडर्सबाट सिपिएल खेल्ने

क्रिकेट

काठमाडौं । नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछानेले यो शिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् । सन्दिपलाई किरन पोलार्डको कप्तानीमा रहेको ट्रीनबागो नाइट राइडर्सबाट यो शिजनको सिपिएलको लागि आफ्नो टिममा अनुबन्ध गरेको सिपिएलको आधिकारिक ट्विटर आज मंगलबार एक ट्विट गर्दै जानकारी दिएको छ ।

केहि दिन अगाडि जमैका तलावाजले नेपाली लेगस्पिनर सन्दीप लामिछाने सहित १० खेलाडी रिलिज गरेको थियो । ट्रीनबागो नाइट राइडर्समा कप्तान पोलार्ड सहित सुनिल नारायण, ड्वेन ब्राभो, कोलिन मुनरो, ड्वेन ब्राभो, अली खान, सिकन्दर राजा लगायतका खेलाडी छन् ।

सन्दिपले सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट सिपिएल खेलेका थिए। त्यसका लागि उनलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो। यस्तै दोस्रो पटक सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट सीपीएल खेले। उनले गत वर्ष ७० हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त गरे।

गतबर्ष सन्दीपलाई जमैकाले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो। जहाँ सन्दीपको किफायती बलिङको मद्दतमा जमैका सेमिफाइनलसम्म पुगेको थियो। सन्दीपले गत सिजन ११ खेलमा १२ विकेट लिएका थिए। यस शिजनको सिपिएल आगामी २८ अगस्ट देखि १९ सेप्टेम्बरसम्म सेन्ट किट्स एन्ड नेभिसमा हुने तय छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *