क्याम्प छाडेका १० फुटबलरको समस्या समाधान गर्नु पर्छ

समाचार

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली फुटबलमा देखिएको विवाद चाँडै समाधान गर्नुपर्ने बताएका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका कारण राष्ट्रिय टोलीको क्याम्प छाडेका १० खेलाडीको समस्या सुनेपछि सदस्य सचिव घिसिङले यस्तो बताएका हुन् । त्यसअघि खेलाडीले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघलाई भेटेर अहिले देखिएको समस्याबारे जानकारी गराएका थिए ।

त्यसपछि एनएनआईपीए अध्यक्ष दिपक श्रेष्ठ, नेपाल ओलम्पिक एसोसिएसनका अध्यक्ष दिपक विष्ट, एन्फा अन्तर्गतका खेलाडी संघका अध्यक्ष विक्रम लामा र क्याम्प बाहिर रहेका १० खेलाडीले सदस्य सचिवलाई भेट गर्दै अहिलेसम्म भएका घटनाक्रम सुनाएका थिए ।

खेलाडीको कुरा सुनेपछि सदस्य सचिव घिसिङले विवादबारे आफूले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग चाँडै निकास दिन मौखिक रूपमा भनिसकेको बताए । एन्फा अध्यक्षले यसबारे छलफल भइहरेको भनेर जानकारी गराए पनि ठोस निर्णय नगरेको उनको भनाइ छ ।

एनएनआईपीएका अध्यक्ष दिपक श्रेष्ठले प्रशिक्षकको काम खेलाडीलाई सिकाउने भन्दै व्यवस्थापन पाटो हेर्ने काम व्वयस्थापनको रहेको बताए । नेपाल ओलम्पिक संघका अध्यक्ष दिपक विष्टले अहिलेको विवादले गर्दा खेलाडीहरूमाथि मानसिक तनाव भएको बताए ।

खेलाडीहरूले भने सदस्यसचिव सामू यसबारेमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । यसअघि खेलाडीले सोमबार खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजसँग भेटेर आफ्ना कुरा राखेका थिए । गत मंगलबार खेलाडीले बन्द प्रशिक्षण छाडेको घटनाबाट सुरु भएको विवाद एक साता लम्बिँदा पनि अहिलेसम्म निकास भने आएको छैन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0