म्यानचेस्टर सिटीलाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा

फुटबल

काठमाडौं । म्यानचेस्टर सिटीलाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । स्पेनको मड्रिडमा बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा सिटीलाई ३–१ ले हराउँदै रियल फाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा ४–३ ले पराजित रियलले घरेलु मैदानमा भने उत्कृष्ट पुनरागमन गर्यो । र, रियल समग्रमा ६–५ ले विजयी भयो ।

दोस्रो लेग खेलको ७३ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ९० औं मिनेटमा रियलका रोड्रिगोले गोल गर्दै खेललाई बराबरीमा ल्याए । इन्जुरी समयको छैटौं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए ।

त्यसपछि खेल अतिरिक्त समयमा गएको थियो । र, खेलको ९५ औं करिम बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै ३–१ को जित दिलाउँदै रियललाई फाइनल उपाधि नजिक पुर्‍याए । रियलले अब उपाधिका लागि मे २९ मा अर्को इंग्लिस क्लब लिभरपुलको सामना गर्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0