दुई गोलले पछि परेको स्थिति उल्टाउँदै इन्टर मिलानको जित

फुटबल

काठमाडौँ । इटालियन सिरी ए को उपाधि दौड रोचक बनेको छ । इन्टर मिलानले गएराती सम्पन्न खेलमा एम्पोलीलाई ४-२ गोल अन्तरले पराजित गर्दै फेरी शिर्ष स्थानमा उक्लिएको छ ।

इन्टर मिलानको जितमा लाउतारो मार्टिनजले दुई गोल गरेका थिए भने एलेक्सिस सान्चेजले एक गोल गरेका थिए । त्यस्तै सिमोने रोमांगनोलीले एक गोल आत्मघाती गोल गरेका थिए ।

यसअघि एम्पोलीले पहिलो २-० को अग्रता लिएकोमा इन्टर मिलानले शानदार कमब्याक गर्दै खेल जितेको थियो । इम्पोलीले खेलको पाँचौं र २८औं मिनेटमा गोल गर्दै अग्रता लिए पनि जोगाउन नसक्दा पराजित भएको थियो ।

यो जितपछि इन्टर मिलान ३६ खेलमा ७८ अंकसहित शिर्ष स्थानमा उलिएको छ । त्यस्तै एक खेल कम खेलेको एसी मिलानको ३५ खेलमा ७७ अंक छ । त्यसैगरी इम्पोलीको भने ३६ खेलमा ३७ अंक छ र लिगमा १४औं स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0