प्रशिक्षक र खेलाडीको विवादमा पर्न चाहन्न भन्दै भविन्द्रले छाडे राष्ट्रिय टिमको बन्द प्रशिक्षण

समाचार

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा सहभागी भएका गोलरक्षक भवीन्द्र मल्ल ठकुरीले आफू विवादमा पर्न नचाहेको बताएका छन्। भारतीय आर्मी टिमबाट खेलिरहेका उनी राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा सहभागी छन्। तर, उनले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र १० खेलाडीबीच विवाद रहेको भन्दै आफू यसमा पर्न नचाहेको बताएका हुन्। ‘कोही पनि विवादमा पर्न चाहँदैन, विशेष गरी खेलकुदमा। म विवादित व्यक्ति बन्न चाहन्न,’ उनले भने।

उनले कुवेतमा हुने एसियन कप–२०२३ को छनोट नखेल्ने संकेत दिँदै नेपाली राष्ट्रिय टोलीलाई समेत शुभकामना दिएका छन्। ‘कहिलेकाहीँ तपाईंले कठिन निर्णयहरू लिनुपर्छ, जसले करिअरलाई मद्दत गर्न सक्छ। म आफ्नो पारिवारिक भविष्य रोज्छु। एसियन कपका लागि शुभकामना,’ उनले भने। मुख्य प्रशिक्षक अल्मुताइरीले आफूविरुद्ध ‘विद्रोह’ गरेका १० खेलाडीको साथ दिएपछि कप्तान तथा गोलकिपर किरण चेम्जोङको विकल्पमा उनलाई बोलाएका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
2
+1
4
+1
1
+1
0
+1
1