ट्रिनबागो नाइट राइडर्समा अनुबन्ध भएपछि सन्दीले भने : ‘च्याम्पियन टिमबाट खेल्न उत्साही छु’

क्रिकेट

काठमाडौं । नेपाली स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको नयाँ शिजन ट्रिनबागो नाइट राइडर्सबाट खेल्ने भएका छन् । उनलाई आज ट्रिनबागो नाइट राइडर्सले आफ्नो टिममा अनुबन्ध गरेको हो । यसैबिच सन्दीपले नाइट राइडर्सबाट सिपिएल खेल्न उत्साही रहेको बताएका छन् ।

सिपिएलमा छनोट भएको खबर सार्वजनिक भए लगत्तै सामाजिक संञ्जाल मार्फत ‘नाइट राइडर्स परिवारँग आवद्ध हुन पाउदा निकै खुसि छु भनेर प्रतिक्रिया दिएका छन् । ‘ गत बर्षको च्याम्पियन टिम ट्रिनबागो नाइट राइडर्सको प्रतिनिधित्व गर्न उत्साहित छु। यो पक्कै गजबको यात्रा हुनेछ। म गत वर्ष अवसर दिएकोमा जमैका तलावाज टिम प्रति पनि आभार व्यक्त गर्न चाहन्छु।” सन्दिपले भने ।


बलिउड नायक साहरुख खानको लगानि रहेको ट्रिनबागो नाइट राइडर्सले गत सिजन उपाधि जितेको टिमका ११ खेलाडीलाई रिटेन गरिसकेको छ । जसमा स्पीनरहरु सुनिल नारिन, अखिल हुसेन र ख्यारी पिएरे पनि छन् । सन्दीपको अनुबन्धले ट्रिनवागोको स्पीन बलिङ झन् बलियो बनेको छ । प्लेइङ ईलाभेनमा पर्न पनि सन्दिपलाई केहि सहज देखिन्छ ।

सन्दिपले सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट सिपिएल खेलेका थिए। यस गत सिजन जमैका तलावाज र सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट सीपीएल खेलिसकेका छन् । सीपीएलको नवौं संस्करण अगष्ट २८ देखि सेप्टेम्बर १९ सम्म सेन्ट किट्स एण्ड नेभिसमा हुनेछ ।

ट्रिनबागो नाइट राइडर्स टिम : किरन पोलार्ड,कोलिन मुनरो, सुनिल नारायण, ड्वेन ब्राभो, लेन्डल सिमोन्स, एण्डरसन फिलिप, दिनेश राम्दीन, टायन वेब्स्टर, अकेल होसेन जेडन सिल्स, अलि खान, सिकन्दर राजा, खरी पिएरे

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *